Friday, February 11, 2011

केही सन्देश

              एउटा मानिस मेलामा बेलुन बेचेर गुजारा चलाउथ्यो। ऊसँग रातो, नीलो, हरियोका साथै अन्य विभिन्न रंगका बेलुनहरू थिए। जब उसको बिक्रीमा कमी आउथ्यो तब ऊ हिलीयम ग्याँस भरिएको एउटा बेलुन हावामा उडाइदिन्थ्यो। बच्चाहरू जब यस्ता बेलुनहरू उडेको देख्दथे तब त्यसतै बेलुन पाउँने चाहना गर्दै बेलुन किन्नको लागि उसको नजिक जाने गर्दथे र त्यो ब्याक्तिको बिक्रीमा पुनः बृद्दि हुन थाल्थ्यो। ऊसको बिक्री जब घट्न थाल्थ्यो तब ऊ बिक्री बढाउनको लागि बारम्बार यही तरिका अपनाउने गर्दथ्यो। उकदिन बेलुनवालालाई यो कुराको महसुस भयो कि उसलाई पछाडिबाट कसैले तानिरहेको छ। ऊ पछाडि फर्कियो उसले एउटा बच्चालाई देख्यो। उसलाई बच्चाले प्रस्न गर्यो, "यदि तपाईले हावामा कुनै कालो बेलुन छोड्नु भयो भने के त्यो पनि उड्ला ?" बच्चाको कुराले बेलुनवालाको मन छोयो। उसले बच्चालाई जवाफ दियो, "बाबु बेलुन आफ्नो रंगको कारणले हैन कि, उसको भित्र भरिएको हावाको कारणले उड्छ।"   
            हाम्रो जीवनमा पनि यही कुरा लागु हुन्छ। आफ्नो दृष्टिकोणमा परिबर्तन ल्याएर आफ्नो जिन्दगी सफल बनाऔ।।

"जितने मानिसहरू कुनै फरक काम गर्दैनन्,
उनीहरू हरेक काम फरक किसिमले गर्दछन्।"

                                                             शिव खेडा मार्फत

2 comments:

  1. सर नमस्कार यो ब्लकस्पोट एक्दमै राम्रो बनाउनु भएछ म भिजित गरे खुसी लाग्यो राम्रो सुन्दर ठाउको फोटाहरु राख्नु भएको रहेछ सधै फुलोस र फलोस भन्न चाहन्छु।

    ReplyDelete
  2. Niyamit Internetko pahuchma nahuda 2012 ko comment 2014 ma po dekhna payexu Hom sir. But all the ways thanks a lot. Internetko sahaj upalabdhi nahunale niyamit ra dainik blog update garna pani paindaina. Tara badhdo upalabdhatama ashabadi bandai chadai niyamit update garna paiyela vani pratiksharat chhu. Dhanyabad..

    ReplyDelete