विशेष्ताहरू

             इलामका विशेष्ताहरू जहाँ तपाई रमाउन सक्नुहुन्छ।

इमानदार साथ, यो कुनै चित्रकारको रचना होइन। न त मेरो कुनै ठाँउ यो संसारमा यस्तै होस् भन्ने सपना नै। यो त बास्तबिक इलाममा अवश्थित ठाँउहरूका दृष्यहरू हुन्। विशेषगरी चिया बगानहरूको कारणले विश्वभर चिनिने यो जिल्लाका कन्याम, फिक्कल, सदरमुकाम इलाम र वरिपरि प्राय सबै ठाँउहरूमा चिया बगानहरू छन्। यसमाथि कन्याम, फिक्कल, लभ डाँडा, अन्तु डाँडा जस्ता मनोहर् दृष्यहरूले सम्पन्न स्थानहरू साचै मन लोभ्याउने छन्।






विशेष् गरि त्यहाँको प्राकृतिक हिसाबले नामिक मानिने ठाँउहरूमाः अन्तु डाँडा, शन्दकपुर, गजुरमुखी, माइपोखरी, छिन्तापु, माङ्गमालुङ्ग, सिद्दीथुम्का,  लारूम्बा जस्ता ठाँउहरू पर्दछन्।